जीतपुरमा डिभाईडर नराख्न ज्ञापन


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १३:११

सिमरा : निर्माणाधिन पथलैया-वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुर बजार क्षेत्रमा डिभाईडर नराख्न स्थानिय व्यापारीले सडक डिभिजन कार्यलयलाई ज्ञापन बुझाएका छन् ।
डिभाईडरका कारण बजार क्षेत्र एकतर्फी हुने र आवतजावतमा अवरोध पुग्दा ब्यापार व्यवसायमा असर पर्ने भन्दै स्थानिय व्यापारीलेले डिभाईडर नराख्न आग्रह गरेका हुन् ।
स्थानिय व्यापारी पथलैयास्थित सडक डिभिजनको कार्यालय पुगेर ज्ञापन बुझाएका छन् । स्थानिय मनोज साहसहित पुगेको व्यापारीको टोलीले कार्यालयका ईन्जिनियर विवेक गुप्तालाई ज्ञापन बुझाएका थिए ।
बजार क्षेत्रमा डिभाईडर नराख्न व्यापारीको माग छ । उक्त आयोजना निर्माण गरिरहेको सडक डिभिजनको कार्यलयले भने डिभाईडर नराख्दा बजार क्षेत्र अव्यवस्थित हुने भन्दै डिभाईडर राख्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्