सिमरामा रोविनको ‘हार्ड रक’, आधारातसम्म झुमे युवा


eShilalekh

१७ आश्विन २०७९, सोमबार १३:१७

सिमराः ‘हाड रक’ का लागि चर्चित रोविन एण्ड न्यु रिभोल्युसनको संगितले सिमराको माहोल आईतवार राती अबेरसम्म तातियो । फुलपातीको अवसर पारेर द बर्निङ ब्याण्डले सिमरामा आयोजना गरेको सांगीतिक कार्यक्रमको स्टेज युवा केन्द्रीत थियो, अर्थात ‘रक पप’ ।

कार्यक्रममा रोविन एण्ड न्यु रिभोल्युसनसहित आयोजक बर्निङ ब्याण्ड, योङ नीति ब्याण्डसहित स्थानीय र्‍यापरले प्रस्तुति दिएका दिए । सांगीतिक क्षेत्रमा उदाउदै गरेका बर्निङ र योङ नीतिको प्रस्तुति हेर्नलायक थियो ।

दुई स्थानीय ब्याण्डको प्रस्तुतिपछि स्टेज चढेका रोविन एण्ड न्यु रिभोल्युसनका संस्थापक रोविन तामाङले एक घण्टा भन्दा बढी समय दर्शकलाई नचाए ।

‘जति माया लाए पनि’ बाट आफ्नो सांगीतिक प्रस्तुती सुरु गरेका तामाङले ‘दम मारो दम’, ‘केटाकेटी’ लगायत आधा दर्जन भन्दा बढी गित गाए ।

प्रतिक्रिया दिनुहोस्