हात्तीको दारासहित तीन पक्राउ


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १३:३६

अमलेखगंज : प्रहरीले हात्तीको दारासहित अमलेखगंजबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका ११ का सुर्य तामाङ, दिलबहादुर घलान र हेटौडा उपमहानगरपालिका १३ का सुवास तामाङ रहेका छन् ।


हेटौडाबाट आउदै गरेको मोटरसाईकललाई चेकजाच गर्ने क्रममा हात्तीको दारा फेला परेको हो । बोरा भित्र लुकाएर दारा ल्याईरहेको सूचना पाएपछि अमलेखगंज प्रहरी चौकीका ईन्चार्ज सागर राणासहितको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।


करिब ९ किलो वजन, तीन फिट आठ ईन्च लम्बाई र एक फिट गोलाई भएको दारासहित पक्राउ परेका व्यक्ति र मोटरसाईकललाई पर्सा राष्ट्रिय निकुञ्जमा बुझाएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्