मोटरसाईकल दुर्घटनामा तीनको मृत्यु


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १६:१४

सिमरा : पथलैया-निजगढ सडकखण्डमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टांगियाबस्ती जाने सडक नजिकको राजमार्गमा दुई मोटरसाईकल ठोक्किएका हुन् । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।


मृत्यु हुनेमा नुवाकोटका ४० वर्षिय टुलुराज तामाङ, निजगढका १६ वर्षिय बिकास साह र ३५ वर्षिया सुनैना देवी साहको मृत्यु भएको हो । रक्षाबन्धनका लागि बिकासले प्रदेश २.३.००२ नम्बरको मोटरसाईकलमा सुनैनादेवीलाई निजगढतर्फ लगिरहेका थिए ।


निजगढतर्फ जादै गरेको उनको मोटरसाईकल बा६५प २७५६ नम्बरको मोटरसाईकलसंग ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल समेत आगो लागेको थियो । प्रहरीले तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्