अमेरिकन पेस्तोलसहित दुई पक्राउ


eShilalekh

२० भाद्र २०७८, आईतवार ११:४७

कलैया : प्रहरीले अमेरिकन पेस्तोलसहित बाराको सिम्रौनगढबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ ४ गंगानगरका राजेश प्रसाद यादव र सोही ठाउॅका जितेन्द्रप्रसाद कुशवाहा रहेका छन् ।


सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र बाराको संयुक्त प्रहरी टोलीले सिम्रौनगढस्थित बिधायक होटलमा पुगेको उनिहरुलाई पक्राउ परेको हो । उनिहरुको साथबाट मेड ईन युएस लेखिएको पेस्तोल र त्यसको दुई थान म्यागजिन फेला पारेको हो ।


पक्राउ परेका उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्