जीतपुरमा अनेरस्ववियु गठन


eShilalekh

२० भाद्र २०७८, आईतवार १४:३२

जीतपुर : बाराको जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा नेकपा एमाले निकट अनेरास्ववियुले १३ सदस्यीय कमिटी गठन गरेको छ ।


अञ्जली जयसवालको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्ष कल्पना राजबंशी, सचिव सलोनी साद, कोषाध्यक्ष अखलेशकुमार गुप्ता, रहेका छन् । कमिटीको सदस्यमा कविता उप्रेती, रोशितकुमार सहनी, संचा चौधरी, कुशारा खातुन, मधु ठाकुर, साजदा खातुन, फुल्जकन खातुन, ईशाकुमारी चौधरी रहेका छन् ।


युवा संघका केन्द्रीय सदस्य हिरा बस्नेतको उपस्थितीमा कमिटी गठन गरिएको हो । विद्यार्थीको हकहित र शैक्षिक विकासका लागि कमिटी गठन गरिएको केन्द्रीय सदस्य बस्नेतले बताएका छन् ।


कार्यक्रममा अनेरस्ववियुका नेता मनिष प्याकुरेल, युवा संघ जीतपुरसिमराका नगर संयोजक गौरव नेपाल, युवा नेता मनोज साहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्