जंगलमा बाघको आक्रमण, दुई सामान्य घाईते


eShilalekh

२० भाद्र २०७८, आईतवार १४:३४

निजगढ : जंगलमा दाउरा खोज्न पुगेका कोल्हवीका दुई जनालाई बाघले आक्रमण गरेको छ । कोल्हवी-तामागढी सडकको बीचमा पर्ने जंगलमा दाउरा लिन गएका उनिहरुलाई बाघले आक्रमण गरेको हो ।


बाघको आक्रमणबाट कोल्हवी नगरपालिका ११ का ४९ वर्षीय हरिकिशुन पनुहर र ५० वर्षीय पाहुन चौधरी सामान्य घाईते भएका छन् । जंगलमा बाघ आक्रमण गर्न थालेपछि उनिहरुले भागेर ज्यान जोगाएका थिए ।


आक्रमणबाट उनिहरुको घॉटी, ढाड, हातमा चोट लागेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्