स्वतन्त्र उम्मेदवार कलवार पुनः प्रदेशसभामा बिजयी


eShilalekh

८ मंसिर २०७९, बिहीबार १०:५०

सिमराः बारा क्षेत्र नं. २(१) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सारदा संकर कलवार पुनः निर्वाचित भएका छन् । एमाले र जसपाबीचको तालमेलबिरुद्ध बागी उम्मेदवारी दिएका कलवार दुई हजार चार सय २८ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

कलवारले नौ हजार दुई सय ९५ मत प्राप्त गर्दा एमालेका बलबिर चौधरीले ६ हजार आठ सय ६७ मत पाएका छन् । एमाले र जसपाबीचको तालमेलमा उक्त क्षेत्रमा एमालेको भागमा परेपछि कलवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कलवार २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट १६ हजार ६ सय ७१ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्