डुमरवाना कपः वीरगन्जविरुद्ध सिमरा भेट्रानको जित


eShilalekh

४ माघ २०७९, बुधबार २१:२७

सिमराः डुमरवाना कप फूटवल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा सिमरा भेट्रान क्लब बिजयी भएको छ । वीरगन्ज सिटी फूटवल क्लबलाई २–० ले पराजित गर्दै सिमरा भेट्रानले जित हात पारेको हो ।

जीतपुरसिमरा १५ स्थित चारपाते खेल मैदानमा भएको खेलमा वीरगन्जलाई पराजित गरेको सिमरा भेट्रान प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिमरा भेट्रानको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेका सृजन गौतम खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।

प्रतियोगिता अन्तर्गत विहिवार वीरगन्ज युनाईटेड क्लब र हेटौडा फूटवल एकेडेमीबीच खेल हुनेछ ।

जनमुखी चारपाते युवा क्लबको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले गरेका थिए ।

उद्घाटन खेलमा आयोजक जनमुखी चारपाते युवा क्लब बिजयी भएको थियो । आयोजक क्लबले पर्सागढी स्पोर्ट्स क्लबविरुद्ध टाइब्रेकरमा ५–४ को जित निकालेको थियो ।

माघ १४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्