डुमरवाना कप: वीरगन्ज युथ विजयी, आज लालबन्दी र मकवानपुर भिड्ने


eShilalekh

७ माघ २०७९, शनिबार ०८:४४

सिमरा: दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ ।

डुमरवानास्थित चार पाते खेल मैदानमा भएको खेलमा वीरगन्जले त्रिशुल युवा क्लबलाई ३-० ले पराजित गरेको हो । वीरगन्जका आदित्यमान शाक्य खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिवार एभरेष्ट फूटबल क्लब लालबन्दी र मकवानपुर ११ वीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्