डुमरवाना कपः वीरगन्ज युनाईटेड क्लब सेमिफाइनलमा प्रवेश


eShilalekh

९ माघ २०७९, सोमबार १८:३२

सिमराः आयोजक जनमुखी चारपाते युवा क्लबलाई पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब दोस्रो डुमरवाना कप फूटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

डुमरवानास्थित चारपाते खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा वीरगन्जले आयोजकलाई २–० ले पराजित गरेको हो । वीरगन्जको जितमा कृपा चौधरीले महत्वपूर्ण दुई गोल गरे ।

खेलको म्यान अफ दि म्याच आयोजक क्लबका गोलरक्षक निशान्त तामाङ घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलवार सिमरा भेट्रान्स र वीरगन्ज युथ एकेडेमीबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्