डुमरवाना  कप: वीरगन्ज युनाइटेड फाइनलमा


eShilalekh

११ माघ २०७९, बुधबार २३:४३

सिमरा: वीरगन्ज युनाइटेड दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सर्लाहीको एभरेस्ट फूटबल क्लबलाई पराजित गर्दै वीरगन्ज फाइनलमा प्रवेश गरेको हो ।

डुमरवानास्थित चारपाते खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनलमा खेलमा वीरगन्जले सर्लाहीविरुद्ध सडनडेथमा जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टिमले १-१ को बराबरी खेलेपछी खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछी नतिजा सडनडेथबाट निस्किएको हो ।

यसअघि खेलको निर्धारित समयमा सर्लाहीका लागि समीर तामाङ र वीरगन्जका लागि अनिश चौधरीले गोल गरेका थिए । वीरगन्जविरुद्ध खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा सर्लाही पराजय व्यहोर्दै घर फर्कन बाध्य भयो ।

खेलको म्यान अफ दि म्याच वीरगन्जका गोलरक्षक दिलमणी चौधरी घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिवार वीरगन्ज युथ एकेडेमी र एपीएफ क्लब बर्दिवासबीच हुनेछ ।

जनमुखी चारपाते युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्