बाराका लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन


eShilalekh

१२ माघ २०७९, बिहीबार १८:०८

सिमराः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ ।

राखेपले बारा निजगढका लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । निजगढमा होटल व्यवसाय गर्दै आएका लामाको नेतृत्वमा गठित समितिको सहअध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका रहेका छन् ।

राखेपले बैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्विकृतिमा साधारणसभा र निर्वाचन गर्न समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्