नेपाल बुद्धिचाल संघ बाराको संयोजकमा साह


eShilalekh

१३ माघ २०७९, शुक्रबार १६:३३

सिमराः नेपाल बुद्धिचाल संघ बाराको सहयोगमा जीतपुरसिमरा ७ का मनोजकुमार साह चयन भएका छन् । बुद्धिचाल महासंघले साहको नेतृत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सदस्यमा बिशाल चौलागाईं, सरिता मुखिया, रमेश चौधरी, विनोद चौधरी, सन्दीप साह र शंकर रौनियार रहेका छन् । समितिलाई फाल्गुन ७ गते भित्र संघको साधारण सभा र निर्वाचन सम्पन्न समय दिइएको छ ।

बारा जिल्ला भित्र बुद्धिचाल खेलको विकास तथा विस्तार गर्ने उदेश्यले केन्द्रीय अध्यक्ष विदुरप्रसाद गौतम साहको सयोजकत्वमा समिति चयन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्