वीरगन्ज युनाइटेडले उचाल्यो डुमरवाना कपको उपाधी


eShilalekh

१४ माघ २०७९, शनिबार १९:४७

सिमराः वीरगन्ज युनाइटेड क्लबले दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिताको उपाधी उचालेको छ । शनिवार सम्पन्न फाइनल खेलमा एपीएफ क्लब महोत्तरीलाई १-० ले स्तब्ध पार्दै वीरगन्जले उपाधी उचालेको हो ।

वीरगन्जलाई उपाधी दिलाउने क्रममा अमर डंगोलले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डंगोलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उपाधी विजेता वीरगन्जले एक लाख र उपविजेता एपीएफले ५० हजार नगद प्राप्त गरेका छन् । विजेता र उपविजेता टिम तथा खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पुरस्कार वितरण गरेका थिए ।

जनमुखी चारपाते युवा क्लबको आयोजनामा भएको खेलमा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्