नेपाल कराते महासंघका अध्यक्ष लामाले लिए सपथ


eShilalekh

१५ माघ २०७९, आईतवार १८:१४

सिमराः नेपाल कराते महासंघको अध्यक्षमा चयन भएका बारा निजगढका युवराज लामाले आइतवार सपथ लिएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिरिङले लामालाई सपथ ग्रहण गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदले माघ १२ गते लामाको अध्यक्षतामा ११ सदस्यीय कराते महासंघको तदर्थ समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र साधारणसभा र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।

राखेपका पूर्व सदस्यसचिव समेत रहेका लामा निजगढमा होटल व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्