तराई संघको अध्यक्षमा ओमकृष्ण कार्की चयन, २९ सदस्यीय कार्यसमिति सर्वसम्मत


eShilalekh

१९ फाल्गुन २०७९, शुक्रबार २३:११

सिमराः तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की सर्वसम्मत चयन भएका छन् । संघको शुक्रवार सम्पन्न छैठौं अधिवेशनको बन्दसत्रले पूर्वअध्यक्ष समेत रहेका कार्कीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा सोहेल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जिवन श्रेष्ठ, पूर्व उपाध्यक्ष वीरेन्द्र कार्की, पश्चिम उपाध्यक्ष कुमार राई, उत्तर उपाध्यक्ष बोधराज आचार्य, दक्षिण उपाध्यक्ष ओम रौनियार, महासचिव अर्जुन अधिकारी, उपमहासचिव देव श्रेष्ठ, सचिव रामबहादुर कार्की, मधु पौडेल, मनोज यादव, सहसचिव तुफान फारुक अंसारी, कोषाध्यक्ष नारायण घिमिरे, सहकोषाध्यक्ष नविन थापालगायत रहेका छन् ।

यसैगरी समितिको सदस्यमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोखरेल, मदनराज कंसाकार, विजय रंजितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, संजयकुमार गुप्तालगायत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्