फाइनल प्रवेशका लागि सिमरा भेट्रान र वीरगन्ज भिड्दै


eShilalekh

२९ चैत्र २०७९, बुधबार १२:३१

सिमराः जीतपुरसिमरा ११ मा आयोजित प्रथम वडाकप फूटबल प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमिफाइनल खेल हुँदैछ । फाइनल प्रवेशका लागि सिमरा भेट्रान र वीरगन्ज युथ क्लब भिड्दैछन् ।

सिमरा भेट्रानले आयोजक ११ र वीरगन्जले थारु ११ लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा वडा कप फूटबल प्रतियोगिता आयोजक समितिद्धारा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा आठ टिमको सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्