नव जनजागृति युथले गोर्खामा उचाल्यो आठौं ओसन कप


eShilalekh

१ बैशाख २०८०, शुक्रबार १०:४३

सिमराः नव जनजागृति युवा क्लबको युथ टिमले गोर्खामा सम्पन्न आठौं ओसन कप यु१३ राष्ट्रिय फूटबल च्याम्पियनसिपको उपाधी उचालेको छ । शुक्रवार भएको फाइनल खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन गोर्खालाई ५–४ ले पराजित गर्दै नव जनजागृतिले उपाधी उचालेको हो ।

अघिल्लो संस्करणमा तेस्रो भएको नव जनजागृतिले आठौं संस्करणमा अपराजित रहदै उपाधी उचाल्न सफल भएको हो । लगातार सात खेलमा जित हात पार्दै सिमरालाई उपाधी दिलाउने क्रममा नव जनजागृतिका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लिगको पाँच खेल जित्दै शिर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको नव जनजागृतिले फाइनल प्रवेश गर्ने क्रममा सोसल वेलफेयर स्पोर्ट्स सेन्टर काठमाण्डौलाई पराजित गरेको थियो । प्रतियोगिताको उपाधी विजेता नव जनजागृति युथले २० हजार र उपविजेता लक्ष्मी सामुदायिक शिक्षा सदनले १० हजार नगद प्राप्त गरेको छ ।

युवा फूटबल परियोजना अन्तर्गत आयोजित प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा १३ वर्ष मूनिका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्