बकुलिया भवानीपुर गोल्डकपको चौथो संस्करण बैशाख २३ गतेदेखि


eShilalekh

१९ बैशाख २०८०, मंगलवार १६:५१

सिमराः बकुलिया भवानीपुर गोल्डकपको चौथो संस्करण बैशाख अन्तिम साता हुने भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा बैशाख २३ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा वीरगञ्ज युनाईटेड क्लब, मकवानपुर ११, एपीएफ बर्दिवास, जन उत्थान क्लब सिन्धुली, सर्लाही क्लब, चितवन फूटबल क्लब, वीरगन्ज् युथ एकेडेमी र आयोजक बकुलिया भवानिपुर क्लबको सहभागिता जनाउनेछन् । बैशाख २९ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख ७५ हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालयको मुख्य सहयोगमा हुने प्रतियोगिताको विधागततर्फका उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्ने मूल आयोजक समितिका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, वडाध्यक्ष दीपेन्द्र चौधरी, वडासदस्य ईश्वर चौधरीसहित राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्