नेपाल एसिया कपमा छनौट भएको खुसियालीमा कलैयामा दीप प्रज्वलन


eShilalekh

१९ बैशाख २०८०, मंगलवार २१:३६

सिमरा: एसिसी प्रिमियर कपको उपाधी जित्दै नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपमा छनौट भएको खुसियालीमा मंगलबार साँझ बाराको कलैयामा दीप प्रज्वलन गरिएको छ ।

नेपालको जित ऐतिहासिक रहेको भन्दै कलैया क्रिकेट क्लबको आयोजनामा भरत चोकमा दीप प्रज्वलन गरिएको हो ।  नेपालले फाइनल खेलमा युएईलाई सात विकेटले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधी जितेको थियो । 

उक्त उपाधी जितेसंगै नेपाल आगामी एसिया कपका लागि छनौट भएको हो । नेपालले अब एसिया कपमा भारत, पाकिस्तानसंग खेल्नेछ । 

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाली क्रिकेटलाई थप उचाईमा पुर्याउन एसिया कप महत्त्वपूर्ण रहने बताउदै दीप प्रज्वलनका सहभागीले नेपालको जित ऐतिहासिक रहेको बताएका छन् ।

दीप प्रज्वलनमा कलैया क्रिकेट क्लबका पूर्वकप्तान कुमार थापा,  पूर्व राष्ट्रिय खेलाडी जट्टाशंकर सरार्फ, कलैया जेसिजका पुर्व अध्यक्ष धनिलाल सरार्फ, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, संचारकर्मी तथा पूर्व खेलाडी साजिर मन्सुरसहित क्लबका खेलाडी र खेलप्रेमी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्