तेक्वान्दो लिगमा स्वस्तिक तेक्वान्दो डोजाङले जित्यो चार स्वर्णसहित १३ पदक


eShilalekh

१८ मंसिर २०८०, सोमबार २०:५६

सिमराः नेपाल तेक्वान्दो संघको आयोजनामा काठमाडौंमा सम्पन्न नेपाल तेक्वान्दो लिग च्याम्पियनसिपमा स्वस्तिक तेक्वान्दो डोजाङले चार स्वर्णसहित १३ पदक हात पारेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो संघको कभर्डहलमा सम्पन्न च्याम्पियनसिपमा स्वस्तिक तेक्वान्दो डोजाङका खेलाडीले विभिन्न तौल समूहमा चार स्वर्ण, दुई रजत र सात कास्य पदक जितेका हुन् ।

डोजाङका मुख्य प्रशिक्षक प्रेम दर्नालका अनुसार डोजाङले पुम्सेतर्फ तीन र गेरोगी (फाइट) विधातर्फ एक स्वर्ण जितेको छ भने पुम्सेतर्फ दुई रजत जितेको छ । स्वर्ण जित्नेमा यु–१० व्यक्तिगत पुम्सेतर्फ प्रसिद्ध तामाङ, यु–१४ मा आयुश मोते, यु–१० समूहतर्फ प्रसिद्ध तामाङ, सुमन तामाङ र आयुश तामाङले रहेका छन् । गेरोगीतर्फ २६ केजीमा बर्षात कंडेलले स्वर्ण जिते ।

यसैगरी गेरोगीतर्फ ४२ केजीमा समृद्धि अधिकारी, ६३ केजी मुनि एरिका माझी, पुम्सेतर्फ जोडीमा एरिका माझी र आयुश मोते, मारिका रानामगर र प्रसिद्ध तामाङ र व्यक्तिगततर्फ सुमन तामाङले कास्य पदक जिते ।

प्रशिक्षक दर्नालले जिते तीन पदक

यसैगरी डोजाङको प्रशिक्षकसंगै खेलाडी समेत रहेका प्रेम दर्नालले दुई रजत र एक कास्य पदक जितेका छन् । दर्लानले ३० वर्षमाथिको पुम्सेमा एक रजत, समुह पुम्सेमा एक रजत र व्यक्तिगत पुम्सेमा एक कास्य पदक जितेका हुन् ।

लामो समयदेखि तेक्वान्दो खेलमा सक्रिय रहेका दर्लान प्रशिक्षकसंगै पुम्सेका खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्