सिमरामा दुना-टपरी गाँस्ने प्रतियोगिता, शान्ताले जितिन् प्रथम पुरस्कार


eShilalekh

२ फाल्गुन २०८०, बुधबार १८:५६

सिमराः सारथी स्वरोजगार तथा बजारीकरण संघले बुधवार सिमरामा दुना टपरी गाँस्ने सीप प्रतियोगिताको आयोजना गरेको छ । संघको सिमरास्थित कार्यालयमा आयोजना गरिएको प्रतियोगितामा करिब ४० महिलाको सहभागिता रहेको थियो ।

कार्यालय उद्घाटनको अवसर पारेर संघले आयोजना गरेको प्रतियोगितामा शान्ता घिमिरे प्रथम, विन्दाकुमारी फुयाँल द्धितीय र तेजु सापकोटा तृतीय भएका छन् । उनिहरुलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, संघकी अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

सहभागीलाई १५ वटा टपरी, ३० वटा बोहोता र १५ वटा दुना गाँस्न एक घण्टाको समय दिइएको थियो । सहभागीमध्येबाट तीन जनालाई प्रथम, द्धितीय र तृतीय पुरस्कार विजेताको रुपमा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताको निर्णायक जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङसहित देवी सापकोटा र दुर्गा रिजाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्