अष्ट्रेलियामा तिमल्सिना र खड्कालाई ‘भानु–भवानी पत्रकारिता’ सम्मान


eShilalekh

६ जेष्ठ २०८१, आईतवार १२:५५

सिमराः अष्ट्रेलियामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका प्रदीप तिमल्सिना र अभिषेक खड्का ‘भानु-भवानी पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन् । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित एक कार्यक्रममा पत्रकारद्धयलाई सम्मान गरिएको हो ।

बरिष्ठ साहित्यिक पत्रकार स्व. भवानी घिमिरेको सम्झनामा स्थापना गरिएको उक्त सम्मान अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल र भानु मासिक पत्रिकाकी प्रकाशक शिवानी घिमिरेले प्रदान गरेका थिए । २०७० सालमा स्थापना गरिएको उक्त पत्रकारिता सम्मानको राशी १५ हजार रहेको छ ।

पत्रकारिता सम्मानबाट सम्मानित भएका तिमल्सिना हाल अष्ट्रेलियाको क्यानबेरामा रहेको रेडियो सिएमएस र भ्याली एफमा कार्यरत छन् । उनले नेपालको कलासंस्कृति, साहित्य, पत्रकारिता, समाचारलगायत नेपाल र नेपालीसंग सम्बन्धित सामाग्री उत्पादन र प्रसारण गर्दै आएका छन् ।

यसअघि उनले अष्ट्रेलियाको विभिन्न संचारमाध्यममा रहेर काम गरेका थिए । हाल उनि संचारसंग सम्बन्धित विभिन्न संस्थासंग आवद्ध छन् । नेपालमा रहँदा विभिन्न संचारमाध्यममा आवद्ध रहेर काम गरेका तिमल्सिनाले नाटक, चलचित्रमा कलाकार र निर्देशकको भूमिकामा रहेर समेत काम गरेका थिए ।

तिमल्सिनालाई पत्रकारिता सम्मानबाट सम्मानित गर्दै राजदुत पोखरेल ।

यस्तै सम्मानत भएका खड्का पनि अष्ट्रेलियामा रहेर संचार कर्ममा व्यस्त छन् । झापाबाट पत्रकारितमा प्रवेश गरेका खड्काले हाल अष्ट्रेलियामा रहेको सिमएमएस र भ्याली एफएममा रहेर नेपाल र नेपालीसंग सम्बन्धित सामाग्री तयार पारेर प्रसारण गर्ने गरेका छन ।

अष्ट्रेलियामा रहेर नेपालको कलासंस्कृति र संचार क्षेत्रका लागि योगदान गरिरहेका तिमल्सिना र खड्कालाई उक्त पत्रकारिताबाट सम्मान सम्मानित गरिएको हो । राजदुत पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा प्राध्यापक डा. गार्गी शर्मा, साहित्यकार बसुधा नेपाल पोखरेल, ज्ञानुवाकर पौडेल, त्रिपूरा पौडेल, महत्ता चापागाईंसहित परिवारका सदस्य र नेपाली समुदायको उपस्थिती उपस्थिति रहेको थियो । घिमिरे परिवारले उक्त आगामी दिनमा पनि उक्त सम्मानलाई अष्ट्रेलियाबाट निरन्तरता दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्