लोकसभा निर्वाचनका लागि भारतसंग जोडिने पर्साका सीमा नाका बन्द हुने


eShilalekh

६ जेष्ठ २०८१, आईतवार १६:१३

सिमराः भारतको विहारमा हुन लागेको छैठौं चरणको लोकसभा निर्वाचनका लागि पर्साका सीमा नाका तीन दिन बन्द हुने भएको छ । विहारको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुन लागेको निर्वाचनका लागि नेपाल–भारत सीमा नाका बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जेठ १० गते बिहान ६ बजेदेखि जेठ १२ गते साँझ ६ बजेसम्म भारतसंग जोडिने पर्साका सम्पूर्ण सीमा नाका बन्द हुने जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि ४८ घण्टा अगाडीदेखिनै सीमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्धारा जारी सूचनामा उल्लेख छ ।

उक्त निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै यसअघि बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको सीमा सुरक्षा समन्वय बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम भारतीय सुरक्षा निकायले पत्राचार गरेपछि दुई दिनका लागि नाका बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्