हैजा रोकथामका लागि कलैया उपमहानगरको सूचना, ‘सतर्क रहौं’


eShilalekh

९ भाद्र २०८२, सोमबार १५:५३

सिमराः वीरगन्जमा हैजाको संक्रमण फैलिन थालेपछि कलैया उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका लागि स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा जारी सूचनामा चट्पटे, पानीपुरी, चाट, बासी तथा सडेगलेका माछा जस्ता खाद्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।

साथै होटल तथा रेस्टुरेन्टहरूले खाद्य सामग्री स्वच्छ तरिकाले बिक्री गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । हैजाको संक्रमण मुख्यतया अस्वच्छ खानेपानी, बासी तथा सडेगलेका खाद्य वस्तुहरूबाट फैलिने गरेको छ ।

उपमहानगरपालिकाले सबैलाई खाना खानु अघि साबुनपानीले राम्ररी हात धुनु, उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउनु, खुला दिसा–पिसाब नगरी शौचालयको प्रयोग गर्न तथा बासी वा सडेको खाना सेवन नगर्नुजस्ता स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्