बारामा निषेधाज्ञा हट्यो, जनजीवन पूर्ण रूपमा सामान्य


eShilalekh

२९ भाद्र २०८२, आईतवार १५:५८

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले आईतबार (भदौ २९) बिहान ६ बजेदेखि जारी निषेधाज्ञा र निषेधित क्षेत्र हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार जिल्लामा सबै प्रकारका गतिविधिहरू सुचारु भएका छन् ।

निषेधाज्ञा हटेसँगै जिल्लामा बन्द अवस्थामा रहेका छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् भने बजार, व्यवसाय तथा अन्य सेवाहरू पनि पूर्ण रूपमा खुलेका छन् ।

यसैगरी स्थानीय तह, सरकारी कार्यालयहरू र शैक्षिक संस्था समेत आजदेखि सञ्चालनमा आएका छन् ।

शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएका कारण आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्