भदौ २३ लाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

सिमराः सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरूको सम्झनामा सो दिनलाई औपचारिक रूपमा शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अबदेखि प्रत्येक वर्ष भदौ २३ गते देशभर कार्यक्रम गरी जेनजी आन्दोलनका सहिदहरूलाई सम्मान र सम्झना गरिनेछ ।
बैठकले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी तथा अविवाहित छोलाई गृह मन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।





