चयन गुरुङले दिइन् एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी


eShilalekh

२९ मंसिर २०८२, सोमबार २३:१६

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् । गुरुङले अध्यक्षका उम्मेदवार इश्वर पोखरेलको समूहबाट उम्मेदवारी दिएकी हुन् ।

गुरुङ एमाले मधेश प्रदेश कमिटी सदस्य हुन् । उनले आदिवासी जनजाति महिलाबाट सदस्य पदमा उम्मेदवारी दिएकी हुन् ।

आदिवासी जनजाति महिलातर्फ १४ जनाले उम्मेदवारी दिएका छन् । जसबाट ९ जना निर्वाचित हुन सक्नेछन् ।

गुरुङ एक मात्रै महिला वडाध्यक्ष हुन् । उनी २०७९ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मतसहित निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्