महोत्तरीमा लागूऔषध गाँजासहित दुई जना पक्राउ

महोत्तरीः महोत्तरी प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी सोनमा गाउँपालिका ३ का २० वर्षीय हरेन्द्र बैठा र सोही स्थानका अन्दाजी २२ वर्षीय अर्जुन बैठा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट खल्टे बजारतर्फ आउँदै गरेको बीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १० किलो गाँजा बरामद भएको हो ।
मोटरसाइकल पछाडि सवार रहेका बैठाले बोकेको झोलाबाट र बिचमा राखेको सेतो प्लास्टिकको बोरामा प्याक गरिएको दुई पोकामा कुल १० किलो गाँजा बरामद भएको महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक शैलेन्द्र कुमार भट्टले जनाएका छन् ।
बरामद लागुऔषध, मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





