जनकल्याण साकोसका नवनिर्वाचित संचालक समितिले गरे पदभार ग्रहण

सिमराः जीतपुरसिमरा २ स्थित जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित संचालक र लेखा समितिले सोमबार सपथ तथा पदभार ग्रहण गरेका छन् । मंसिर २७ गते सम्पन्न २३औं वार्षिक साधारणसभाबाट चुनिएका संचालक र लेखा समितिले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
साधारणसभाले मधुसुदन सिटौलाको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा निरु बजगाईं अधिकारी, सचिवमा रवीन्द्र खकुरेल, कोषाध्यक्षमा होमबहादुर रकाल चयन भएका थिए ।
यसैगरी संचालक सदस्यमा अर्जुन लम्साल, तीर्थकुमारी गौतम, राजेन्द्र सुवेदी, विष्णु घिमिरे र अलि अदिदलाई चयन गरिएको थियो । संस्थाको लेखासमिति संयोजकमा चेतनाथ रिमाल, सदस्यमा शालिकराम रेग्मी र ध्रुव नेपाल चयन भएका थिए ।

संचालक र लेखा समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति सदस्य अमृतलाल श्रेष्ठले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आशिष श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सत्य श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन थापा मगर, संस्थाकी निवर्तमान अध्यक्ष कमला घिमिरे, व्यवस्थापक सुरेन्द्र भट्ट, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण रिमाल, सल्लाहकार मदनबहादुर क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।
श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य रामप्रसाद पोखरेलले गरेका थिए ।
२०५९ सालमा २६ जना शेयर सदस्यले स्थापना गरेको जनकल्याणमा अहिले झण्डै दुई हजार शेयर सदस्य छन् । यस सहकारीले अहिले करिब २० करोडको कारोबार गरिरहेको छ ।
सम्बन्धित समाचारः





