जबरजस्ती करणी मुद्धामा जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

सिमराः ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जबरजस्ती करणी मुद्धामा डेढ वर्ष जेल सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका २ रामपुरटोकनीका ३८ वर्षीय बब्लु सुक्ला रहेका छन् ।
प्रहरी सहायक निरीक्षक चित्ररञ्जन पाण्डेको नेतृत्वमा रहेको प्रहरी टोलीले सुक्लालाई घरबाटै पक्राउ गरेको हो । सुक्लालाई जबरजस्ती करणी मुद्धामा बारा जिल्ला अदालतले २०७९ असोज ५ गते डेढ वर्ष कैद सजाय तोकेको थियो ।
अदालतबाट सजाय पाएका उनी फरार रहदै आएका थिए । अदालतको फैसला कार्यान्यवनको क्रममा फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।





