एनआरएनए मेरिल्याण्डले टी-१० क्रिकेट प्रतियोगिता आयोजना गर्ने, विजेतालाई आठ हजार डलर


रामप्रसाद अधिकारी

२९ चैत्र २०८२, आईतवार ०९:५७

अमेरिका: अमेरिकाको मेरिल्याण्डमा गैरआवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरले `एनआरएनए एमडी कप टी–१० क्रिकेट प्रतियोगिता २०२६´ आयोजना गर्ने भएको छ । नेपाली समुदायबीच एकता, सद्भाव तथा खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

मे २३ र २४ तारिखमा हुने प्रतियोगिताको विजेताले आठ हजार र उपविजेताले चार हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले अप्रिल १९ भित्र एक हजार डलर शुल्कसहित दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताले अमेरिकामा रहेका नेपाली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै नेपाली समुदायलाई थप एकताबद्ध बनाउन योगदान पुग्ने अपेक्षा आयोजकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्