सिरहामा प्रहरीद्वारा गोली प्रहार, दुई लागूऔषध कारोबारी घाइते


eShilalekh

७ श्रावण २०८३, बिहीबार १८:२१

सिरहाः सिरहाको लहान नगरपालिका ३ मा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले गोली प्रहार गरी ६ जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँको कोटेश्वरस्थित ब्यूरोबाट खटिएको विशेष टोलीले बिहीबार उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको हो ।

प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्, जसमध्ये एक नेपाली र एक भारतीय नागरिक रहेका छन् ।

घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका अधिकारीका अनुसार घाइतेहरूको पहिचान खुलाउने र घटनाको विषयमा थप विस्तृत अनुसन्धान गर्ने कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्