पर्सामा एक सय ४० किलो लागूऔषध गाँजा बरामद

सिमराः पर्साको छिपहरमाई गाउँपालिका १ मिर्जापुरस्थित आँपको बगैँचाबाट प्रहरीले एक सय ४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले सूचनाको आधारमा उक्त बगैँचामा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा बगैँचाभित्र घाँसले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा १३ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
बरामद गरिएको लागूऔषध नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







