वीरगञ्जको एक होटलबाट लागूऔषधसहित दुई जना पक्राउ


eShilalekh

१० श्रावण २०८३, आईतवार १८:२०

वीरगञ्जः पर्सा प्रहरीले वीरगञ्जको एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका ६ का ५२ वर्षीय उत्तम कुमार पाठक र पर्साको वीरगन्ज महानगरपालिका २ का ३५ वर्षीय ओसिम ठकुराई रहेका छन् ।

वीरगञ्ज १६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ मा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो पर्साबाट खटिएको संयुक्त टोलीले होटलमा छापा मारेको थियो ।

खानतलासीका क्रममा उनीहरूको साथबाट निटकोर ट्याब्लेट २०० पीस र ओनरेक्स दुई बोतल बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्