निजगढ नगरपालिका र रातो बङ्गला स्कुलबीच ‘सार्थक बालसिकाइ कार्यक्रम’ सञ्चालनका लागि समझदारी

निजगढ: निजगढ नगरपालिका र रातो बङ्गला स्कुल ललितपुरबीच ‘सार्थक बालसिकाइ कार्यक्रम’ सञ्चालनका लागि सम्झौता भएको छ । प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न दुवै पक्षले सम्झौता गरेका हुन् ।
समझदारी पत्रमा निजगढ नगरपालिकाका तर्फबाट नगरप्रमुख सुरथ पुरी र रातो बङ्गला स्कुलका तर्फबाट डाइरेक्टर मिलन दिक्षितले हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम तथा वडा अध्यक्ष ज्ञानबहादुर गोलेको उपस्थिति रहेको थियो ।
बालबालिकाको प्रारम्भिक सिकाइ तथा शिक्षण पद्धतिमा गुणात्मक सुधार ल्याउने र प्रारम्भिक बालविकासदेखि सुरु भएको सिकाइ सुधारलाई आधारभूत तहसम्म निरन्तरता दिने उदेश्यले दुई पक्षबीच सम्झौता भएको हो ।

कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री नारायण झा, सत्यश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकार, जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मनराज महतरा, शिवसक्तेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक विशाल अधिकारी र लालीगुराँस आधारभूत विद्यालयका प्रधानाध्यापक जनकबहादुर रूम्बाको समेत उपस्थित थिए ।







