धनुषामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद


eShilalekh

१८ भाद्र २०८३, बिहीबार १४:३८

धनुषाः धनुषा प्रहरीले एक सय किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गरेको छ । नगराइन नगरपालिका ५ स्थित खिरखिरिया जाने भित्री बाटो नजिकैको झाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लग्माजटहीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ वटा पोका फेला पारेको थियो ।

बरामद गरिएको लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिकबाहेक तौल गर्दा एक सय सात किलो ९९८ ग्राम रहेको पुष्टि भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्