वीरगन्जको एक होटलबाट १३२ ग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ

सिमराः सशस्त्र प्रहरीले वीरगन्जस्थित एक होटलमा बसेका भारतीय नागरिकलाई ठूलो परिमाणको लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको रक्सौलका ३५ वर्षीय विशाल कुशवाहा रहेका छन् ।
कुशवाहालाई वीरगन्ज महानगरपालिका-१६ लिंकरोडस्थित होटल अमन प्यालेसको २०५ नम्बर कोठाबाट सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले १३२ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको नेपाली ३२ हजार एक सय रुपैयाँ र भारतीय चार हजार २०० रुपैयाँ समेत बरामद गरेको छ।
लागूऔषधसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरी बलले जनाएको छ।







