डुमरवाना साइकल क्लबको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, अध्यक्षमा अर्याल चयन


eShilalekh

२१ कार्तिक २०८३, शनिबार १८:५०

सिमराः डुमरवाना साइकल क्लबले दीपावली, छठ पर्व तथा नेपाल संवत् पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा भेलाको आयोजना गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहास्थित देवाश्रममा आयोजित भेलाले राजकुमार अर्यालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति समेत चयन गरेको छ।

समितिको उपाध्यक्षमा मनोजकुमार चौधरी, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा प्रमोदप्रसाद चौधरी र कोषाध्यक्षमा सीमा ठकुरी चयन भएका छन् । यसैगरी सदस्यमा सरिता चौधरी र महेश खरेललाई चयन गरिएको छ ।

यसैगरी भेलाले आनन्दीप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा विजय जोशी, रामप्रसाद अधिकारी, रमेशचन्द्र घिमिरे र दुर्गाराज खतिवडा चयन भएका छन् ।

कार्यक्रममा सहभागीले शुभकामना आदानप्रदान गर्दै एकजुट भएर क्लबलाई देशकै उत्कृष्ट साइकल क्लबको रूपमा विकास गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । क्लबले देशका विभिन्न जिल्लाहरूमा हुने साइकिलिङ कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्