पर्सामा पटाकाको छर्राले लागेर बालकको मृत्यु

सिमरा: पर्सामा पटाका पड्काउने क्रममा छर्राले लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पकाहा मैनपुर गाउँपालिका-२ मधुबनीका रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।
सोमबार बिहान घरअगाडि पटाका पड्काउने क्रममा छातीमा छर्राले पोलेर बालक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बालकको छातीमा पटाकाको छर्रा लागेको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् ।





