मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिँदै


eShilalekh

७ मंसिर २०८३, सोमबार ०९:०३

सिमराः अन्तरदेशीय मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको उद्घाटन सोमबार हुँदैछ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा यस परियोजनाको समेत डिजिटल उद्घाटन गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरुपमा पाइपलाइनको उद्घाटन गर्नेछन् । डिजिटल उद्घाटनका लागि अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा कार्यक्रम समेत राखिएको छ ।

प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले डिजिटल उद्घाटन गर्ने तयारी पूरा भएको जानकारी दिए । उनले दोस्रो चरणअन्तर्गत निर्माण गर्नुपर्ने पेट्रोलियम पदार्थ भण्डारणका लागि स्टोरेज ट्यांकर, सुरक्षाका लागि फायर फाइटिङ सिस्टम र कन्ट्रोल रुमलगायतका मुख्य प्राविधिक संरचनाहरूको निर्माण कार्य पूरा भएको बताए ।

कुल ६९.७ किलोमिटर लम्बाइ रहेको दक्षिण एसियाकै पहिलो क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनको पहिलो चरणको उद्घाटन २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । पहिलो चरणबाट डिजेल मात्र आयात हुँदै आएको यस पाइपलाइनबाट दोस्रो चरणको उद्घाटनसँगै पेट्रोल र मट्टीतेलसमेत भित्राउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्