सिमरामा मेलिनाको ‘कम्मरमाथि पटुकी’


eShilalekh

१३ असार २०७८, आईतवार ०३:१७

सिमरा : ‘कम्मरमाथि पटुकी’ बोलको गीतबाट चर्चा बटुल्न थालेकी मेलिना राई नेपाली पप तथा आधुनिक गायन क्षेत्रमा यतिबेला स्थापित सेलिब्रिटी हुन्। चार वर्ष अघि ‘नाई नभन्नु ल ३’ को गीतले उनको सांगीतिक यात्रालाई नयाँ उचाई दियो। 

कलेक्सन एल्बममा गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै गर्दा उनलाई संगीतकार बसन्त सापकोटाले ‘नाई नभल्नु ल’ को ब्यानर बनेको चलचित्रमा गीत गाउने अवसर दिए। त्यही गीतले उनलाई चर्चाको शिखरमा पुर्यायो। 

देशविदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त रहने मेलिना मंगलबार साँझ बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा भइरहेको तेस्रो बारा महोत्सवमा आइपुगिन्।

चर्चित गायक प्रमोद खरेल, कमल खत्री, ज्योति मगरले प्रस्तुति दिइसकेको महोत्सवमा उनको आगमनले निकै चहलपलह बढेको थियो। 

करिब डेढ घण्टा लामो प्रस्तुतिको सुरुवात उनले ‘असारे महिना सिमसिमे पानी परिरहेकै छ नि’ बोलको गीतबाट गरिन्। उनको गीतले महोत्सवको माहौल नै तातेको थियो। उनले स्टेज तताउन कम्मरमाथि पटुकी बोलेको गीत सुनाइन्। 

मेलिनाले एकपछि अर्को गीत सुनाउन थालिन्। युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु सुपारी दाना’ गाउनुअघि मेलिनाले ‘एक कान दुई कान मैदान भइदियो’, ‘कसरी कसरी’, ‘तिम्रो मनमा के छ के छ’, ‘माया बिरानी’ जस्ता चर्चित गीत गाइन्। मेलिनासँगै स्टेजमा स्थानिय कलाकार अस्मिता ढकाल, देवेन्द्र कार्की, सिमरा आइडल सनि सुनारले प्रस्तुति दिए। 

मंसिर २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा बद्री पंगेनी, बाल लोकगायिका कमला घिमिरे, र्‍यापर मिस्टर डि, दुर्गेश थापा, राधिका हमाललगायतका कलाकारको प्रस्तुति रहने द लिड इन्टरटेनमेन्ट एण्ड एड्भटाइजिङका अध्यक्ष विमल खड्गीले जानकारी दिए। लिड इन्टरटेनमेन्टको व्यवस्थापनमा एस फाउण्डेसनले मंसिर १९ गतेदेखी १० दिने महोत्सवको आयोजना गरेको हो। 

दिवाकर भण्डारी/अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्