जगदम्बा जीतपुरसिमरा गोल्डकप: आयोजक नव जनजागृति र सुदूरपश्चिम भिड्ने


eShilalekh

१४ चैत्र २०७८, सोमबार १०:१९

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूरपश्चिम ११ बीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुनेछ ।

उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई पराजित गरेको सुदूरपश्चिमले अन्तिम आठमा आयोजकसंगको भेट पक्का परेको थियो । आयोजकका लागि भने सुदूरपश्चिमसंगको खेल प्रतियोगिताको पहिलो हुनेछ ।

यसअघि आईतवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-२ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । बिभागिय टिमको जीतमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले गोल गरेका थिए । शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले दुई गोल फर्काएका थिए ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्