जगदम्बा जीतपुरसिमरा गोल्डकप: संकटा र बाग्मती भिड्ने


eShilalekh

१५ चैत्र २०७८, मंगलवार १०:१८

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत मंगलवार अन्तिम क्वार्टरफाईनल खेलमा साविक विजेता संकटा क्लब र बाग्मती युवा क्लबबीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुनेछ ।

गत वर्षको बिजेता संकटा प्रतियोगितामा बाई पाउदै अन्तिम आठमा प्रवेश गरेको थियो । बाग्मतीले भने पहिलो खेलमा बिएफसी चितनलाई २-१ ले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको हो ।

यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम ११ लाई पराजित गर्दै आयोजक नव जनजागृति युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । जनजागृतिको जित सुनिल खड्काले निर्णायक गोल गरेका थिए ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्