जगदम्बा जीतपुरसिमरा गोल्डकप: नव जनजागृति र एनआरटी भिड्ने


eShilalekh

१६ चैत्र २०७८, बुधबार ०८:३५

सिमरा:  जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत बुधवार पहिलो सेमिफाईनल खेल हुदैछ । सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुने सेमिफाईनल खेलमा आयोजक नव जनजागृति युवा क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन् ।

आयोजक र ए डिभिजन क्लब एनआरटीबीचको सेमिफाईनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आयोजकले  सुदूपश्चिमलाई र एनआरटीले  बिजय युथलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।

यसअघि मंगलवार भएको खेलमा साविक बिजेता संकटा क्लबलाई पराजित गर्दै बाग्मती युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको उपाधी दावेदारका रुपमा हेरिएको संकटालाई बाग्मतीले १-० ले पराजित गरेको हो । बाग्मतीको जितमा अनिल रानामगरले निर्णायक गोल गरेका थिए

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्