स्कटल्याण्डमा हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने टोलीमा परे नन्दन यादव

सिमराः नेदरल्याण्डविरुद्ध शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यु गरेका नन्दन यादव स्कटल्याण्ड टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि पनि राष्ट्रिय टोलीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा घोषणा गरेको १६ सदस्यीय टोलीमा नन्दन यादव पनि परेका हुन् ।
घोषणा गरिएको टोलीमा नन्दन र रोहितसहित बाराका अनिल साह, पर्साका आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, लोकेश बम, रुपेश सिंह, रिजन ढकाल र किरण ठगुन्ना परेका छन् ।
चोटका कारण सोमपाल कामी र गुलशन झालाई टिममा समावेश गरिएको छैन । तीन देशबीचको सिरिज १५ जुनदेखि २० जुनसम्म स्कटल्याण्डको डन्डी र ग्लासगोमा आयोजना हुनेछ ।
यो पनि पढ्नुहोस् ।