निजगढ मेयर गोल्डकप: रौतहट फाईनलमा


eShilalekh

१७ चैत्र २०७८, बिहीबार ०९:२७

सिमरा: रौतहटको नेपाल खेलकुद क्लव निजगढ मेयर गोल्डकप फूटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । निजगढलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै रौतहट फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा निजगढका दुई खेलाडी गोल गर्न चुक्दा खेल रौतहटको पक्षमा गएको थियो ।

यसअघि खेलको ३०औं मिनेटमा मानबहादुर तामा»को गोलको मद्यतले रौतहटले अग्रता लिएको थियो । खेलको ४९औं मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै निजगढका लागि बराबरी गोल फर्काएका थिए ।

रौतहटका रोशन पहरी खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिबार बारा एघार र नवजनजागृती युवा क्लव सिमरा बारा बिच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्