जगदम्बा जीतपुरसिमरा गोल्डकप: एपीएफ र बाग्मती भिड्ने


eShilalekh

१७ चैत्र २०७८, बिहीबार ०९:३८

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत विहिवार हुने दोस्रो सेमिफाईनल खेलमा विभागिय टिम नेपाल एपीएफ क्लब र बाग्मती युवा क्लब सर्लाही भिड्दैछन् । सिमरा रंगशालामा साझ ५ः३० बजेपछि दुवै टिम फाईनल प्रवेशका लागि भिड्न लागेका हुन् ।

दुई टिमबीचको बिजेताले उपाधीका लागि शनिवार न्युरोड टिम (एनआरटी) संग प्रतिस्पर्धा गर्नेछ । आयोजक नव जनजागृति युवा क्लबलाई सेमिफाईनलमा ३- २ ले पराजित गर्दै एनआरटी अन्तिम दुईमा प्रवेश गरिसकेको छ ।

एनआरटीलाई फाईनलमा पुर्‍याउने क्रममा स्टेफन समिरले दुई र मेसुकेले एक गोल गरेका थिए । आयोजकलाई लागि आयुश घलान र एलन थापाले गोल फर्काएपनि टिमको हार टार्न सकेनन् ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्