निजगढ मेयर गोल्डकप: नव जनजागृति र रौतहट भिड्ने


eShilalekh

१८ चैत्र २०७८, शुक्रबार १७:०७

सिमरा: निजगढ मेयर गोल्डकप फूटबल प्रतियोगिताको उपाधिको लागी नव जनजागृती युवा क्लव सिमरा र नेपाल खेलकुद क्लव रौतहट बिच प्रतिस्पर्धा हुने भएको छ ।

बारा ११ लाई २-० ले पराजित गर्दै जनजागृतिले रौतहटसंग भेट पक्का गरेको हो । दुई टिमबीचको फाईनल भिडन्त शनिवार हुनेछ । जनजागृतिका लागि मोहित गुरुङ र सुशान्त तामाङले गोल गरेका थिए ।

जनजागृतिका कप्तान रोहन तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए । यसअघि पहिलो सेमिफाईनल खेलमा निजगढलाई टाईब्रेकरमा पराजित गर्दै रौतहट फाईनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको बिजेताले उपाधी सहित एक लाख पचास हजार र उपबिजेताले ७५ हजार प्राप्त गर्नेछ । विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले पाँच हजार प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्